Techie IT
आईतबार, वैशाख ९,२०८१

अखिल क्रान्तिकारीद्धारा अस्कल क्याम्पसको होस्टेल तोडफोड


काठमाडौँ, । अमृत साइन्स क्याम्पसको होस्टेल तोडफोड गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी)ले आज साँझ होस्टेल तोडफोड गरेको हुन् ।

क्रान्तिकारीले होस्टेल बार्डेन र विद्यार्थी बस्ने कोठा तोडफोड गरेका हुन् । क्रान्तिकारीको पवन कार्की नेतृत्वमा गएको टोलीले होस्टल पार्किङमा रहेका विद्यार्थी तथा सुरक्षाकर्मिको सवारी साधन समेत फुटाएका छन् ।

तोडफोड भएपछि होस्टलका विद्यार्थीले प्रतिकार गरेपछि पवन कार्की लगायत विद्यार्थी नेता क्याम्पसबाट लखेटिएका छन् ।क्रान्तिकारिको आक्रमणबाट स्ववियु सदस्य तथा अनेरास्ववियु क्याम्पस कमिटी सहसचिव विवेक कोइराला घाइते भएका छ्न ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
29°
Fair
5:32 am6:32 pm +0545