कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !

काठमाडौं, ७ चैत । कान्ति अस्पतालको एउटा दर्दनाक घटना सार्वजनिक भएको छ ।
गएरातिको घटनाले अस्पतालको लापरवाहीप्रति जो कोहीलाई आक्रोशित बनाउँछ । अस्पतालले गम्भीर अवस्थामा रहेकी एकजना बालिकाको उपचारमा बेवास्ता गरेको घटना सार्वजनिक भएको हो ।
यस्तो छ घटना-
रातको १:४० बज्यो !
म कान्ति बाल अस्पतालमा छु।
११:४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो ।र ,यहॅा ल्याएको यहॅा कसैले हेरिदिएन ।हामीलाई अप्ठ्यारो पर्यो । मैले उहॅाको फोन राखेर ,कान्तिमा फोन गरे । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एकजना डाक्टरलाई फोन गरे । उनको पनि फोन स्विच अफ रहेछ । रातको १२ बजीसकेको थियो । बिरामीको नजिकका उहॅाकै फेरि फोन आयो । उहॅाले हारगुहारको शैलीमा भन्दैहुनुहुन्थ्यो लौ न बचाईदिनुपर्यो । म तुरून्तै गाडी निकालेर कान्ती पुगे । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भईसकेको रहेछ । तुरून्तै भेनटिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस भनेपछि बेडमा त्यसै छाडीदिदॅा बिरामी झन पछि झन नाजुक बनेको देखें। अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन नाजुक भएर छटपटाईरहेको दृश्य कारूणीक थियो । मैले पनि त्यहॅा रहेका डाक्टरलाई बचाइदिनुहोस भनेर अनुनय बिनय गरे । तर, उनिहरू यति निर्दयी बनेर उभिए की मैले मान्छे यस्तो सम्म हुन्छ भन्ने कल्पना समेत गरेको थिईन । मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसियू खाली भएको सुचना प्राप्त भएको थियो । सोही बेड छटपटाईरहेको त्यो बिरामीको प्राण जोगाउन प्रयाप्त थियो भन्ने बुझाईसहित पहल गरिदिन मैले आग्रह गरे ।मेरो ठाउॅबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बाग्लुंगका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन । शक्तिमा पॅहुच कमजोर हुदॅा छटपटाईरहेको बिरामी अहिले कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लैजादै छौ । सोचिरहेको छु “पहुॅच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।
यो भोगाइ हो, पत्रकार राजु सुवेदीको । उहाँको यो भोगाई आज सामाजिक सञ्जालमा चर्चित मात्र छैन, कान्ति अस्पताललाई कुरी कुरी भनेर गिज्जाइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कान्ति अस्पतालको दर्दनाक घटना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्