Techie IT
शनिबार, वैशाख ६,२०८२

मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का


काठमाडौं । तारकेश्वर नगरपालिका नेपालटार क्षेत्रको सडक मृत्युमार्ग जस्ता भएको छ ।

तारकेश्वर नगरपालिकाको नेतृत्व हााकेका मेयर उपमेयरले गत चुनावमा दलका घोषणापत्रमा सुविधायुक्त सडक र सुरक्षित सवारीका एजेन्डामा चर्को भाषण लगाएका थिए तर तारकेश्वरको मुख्य लाईफलाइनको मूल सडक अहिले मृत्युमार्ग जस्ता भएको छ । नागरिक अपेक्षा विपरीत त्यो बाटोमा दुर्घटना र क्षतिको ‘ग्राफ’ बढ्न थाल्यो ।

दुई सय मिटर सडक भत्काएर छोडेको एक वर्ष बित्यो । नेपालटार डाँडागाँउको मुख्य सडकमा ढलको पाइप हाल्ने भन्दै नगरपालिकाले भत्काएको सडक एक वर्षदेखि अलपत्र छ । ढलको ढकनसमेत नराखी यात्रुको जीवन नै जोखिममा पारेको छ । सडकभरि खुल्ला छोडिएका ढलमा परेर कुन बेला दुर्घटना हुने हो भनेर यात्रुहरु त्रासमा रहन्छन् ।

नेपालटार पुलदेखि डाँडागाउँसम्मको सडक भत्काएर छोडेपछि पानी पर्नासाथ हिलाम्मे हुन्छ भने पानी रोकिएपछि धुलाम्मे । मूल सडक बिजोग अवस्थामा छोडेर नगरपालिका भने त्यही सडकमा ५२ लाख बजेट खर्चिएर गेट बनाउन तम्सिएको छ ।

नागरिकको दैनिक र जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर नेपालटार पुलमा गेट बनाउन ५२ लाखको ठेक्का लगाइएको छ । मौलिकता झल्किने प्रवेशद्वार भन्दै गत फागुन २४ मा नगरपालिकाको ४८ लाख २५ हजार र उपभोक्ता समितिबाट ५ लाख ९४ हजार समेत गरेर ५२ लाख २६ हजारमा गेट बनाउन ठेक्का लगाइएको हो । यस्तो नगरप्रशासनको चरम लापरभाइका कारण दैनिक घण्टौं सवारी नाम र सडक अस्तब्यस्त भएको छ ।

सडकजस्तो संवेदनशील संरचना बनाउन छोडेर गेटमा बजेट हालेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । अनावश्यक संरचनामा लगानी देखिएकाले नगरपालिकाको बजेट दुरुपयोग भएको र यसले भ्रष्टाचारको आशंका जन्माएको स्थानीयको आरोप छ । नगरपालिका प्रमुख कृष्णहरि मर्हजन र उपप्रमुख शृजना बुर्लाकोटी यसबारे मौन छन् ।
नेपालमा अकालमै मृत्यु हुनुको पहिलो कारण सडक दुर्घटना हो। हाम्रो उत्पादकत्व र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नुको कारण पनि सडकको दुरावस्था नै हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545