एमाले खोटाङले गर्यो प्रतिनिधिसभाका लागि १० आकांक्षीको नाम सिफारिस
खोटाङ। प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङबाट एमालेका १० आकांक्षीको नाम सिफारिस भएको छ । पुष्पलाल स्मृति भवन दिक्तेलमा आइतबार बसेको एमाले जिल्ला कमिटिको बैठकले प्रत्यक्षमा सात जना र समानुपातिकमा तीनजना आकांक्षीको नाम सिफारिस गरेको हो ।
४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रत्यक्षतर्फ उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), विशाल भट्टराई, रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष रामप्रसाद दंगालले जानकारी दिनुभयो । समानुपातिकमा कर्णबहादुर घले, रमेश परियार र राजकुमारी राईको नाम सिफारिस भएको छ । उषाकला पूर्वसामाजिक मन्त्री, पाँचकर्ण पूर्वसांसद र भट्टराई वर्तमान प्रतिनिधिसभा सदस्य एवं एमाले प्रमुख सचेतक हुनुहुन्छ ।
यस्तै, प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ अनिषा खनाल, देवविक्रम राई, लीलानाथ निरौला, सर्वधन राई तथा समानुपातिकतर्फ अडिराम राई, उमा गुरुङ, कमल बुढाथोकी, चन्द्रसिंह बस्नेत, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई (माया), श्यामकुमार पोखरेल, सुवास राई र हिराकुमारी वन गिरी सिफारिस भएका हुनुभएको छ ।
प्रदेश सभा ‘ख’मा भने प्रत्यक्षमा रामप्रसाद दंगालको एकल नाम सिफारिस भएको छ । समानुपातिकमा भने चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई, दुधराज तामाङ, पूर्णमाया तामाङ र भगवती प्रधानलाई सिफारिस गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #प्रतिनिधिसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्