Techie IT
मंगलबार, साउन २६,२०८३

महोत्तरीस्थित बर्दिबासका ५८ विद्यार्थीको शिक्षायात्रामा पदम–शम्सेर खड्का प्रतिष्ठानको साथ


जीवनराज दाहाल (मधेस प्रदेश) – होटल विनायक प्रा.लि., बर्दिबासद्वारा स्थापित पदम–शम्सेर खड्का स्मृति प्रतिष्ठानले बर्दिबास नगर क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

‘शिक्षित समाज, सक्षम भविष्य र समृद्ध बर्दिबास निर्माण’को उद्देश्यसहित प्रतिष्ठानले वि.सं. २०७७ सालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको हो । हालसम्म ५८ जना विद्यार्थीले प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त गरी आफ्नो अध्ययनलाई अघि बढाइसकेका छन् ।
यस वर्ष (२०८३/०८४) पनि बर्दिबास नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले आफू अध्ययनरत विद्यालय वा होटल विनायकको कार्यालयमा गई २०८३ साल भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

निर्धारित मापदण्डका आधारमा विद्यार्थी छनोट गरिनेछ । त्यसमध्ये जेहेन्दार छात्र–छात्रामध्ये उत्कृष्ट दुई विद्यार्थीलाई थप छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष विष्णु खड्काले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन् ।


क्याटेगोरी : education, ब्रेकिंग न्युज, समाचार
ट्याग : #bardibas mahottari, #Padam Shamser Smriti Pratisthan, #पदम शम्सेर खड्का स्मृती प्रतिष्ठान


तपाईको कमेन्ट लेख्नुहोस्