पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विषयमा सत्तापक्ष र प्रतिपक्षबाट प्राप्त सुझावप्रति सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ ।
बैठकमा सार्वजनिक महत्त्वको विषयमा सरकारको धारणा राख्न विशेष समय माग गर्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको भन्दै नेपाल आयल निगमलाई पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीका आधारमा नेपालमा पनि मूल्य वृद्धि भएको प्रष्ट पार्नुभयो ।
उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले सरकारी निकायले कम्तीमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ खपत कम गर्ने व्यवस्था मिलाउने नीतिगत व्यवस्था गरिएको र करको समायोजन गरेर पनि मूल्य वृद्धि घटाइने मन्त्री बडूले प्रष्ट पार्नुभयो ।
उहाँले नागरिकलाई महँगीले पारेको पीडाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै आयल निगमको संरचनात्मक तथा वित्तीय सुधार गर्न आवश्यक भएको बताउनुभयो ।
निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा लैजान सकिने विकल्प समेत भएकाले पेट्रोलियम पदार्थको समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्था गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
बैठकमा सांसदहरुले सार्वजनिक महत्त्वको विषयमा बोल्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले नागरिकलाई मर्कामा पारेको, पेट्रोलको स्टक किल्यरेन्स नगरी स्टकमै रहेको पेट्रोल मूल्य वृद्धि गर्न नमिल्ने, पेट्रोलियम पदार्थको उपयोग सम्बन्धी वैकल्पिक उपायहरू खोजी गरिनु पर्ने, मूल्यवृद्धिका विषयमा रुस र युक्रेन युद्धलाई देखाउन नमिल्ने धारणा राख्नुभएको थियो ।
बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले शेयर लगानीकर्तालाई राज्यले संशोधन गर्नुपर्ने भन्दै सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेट्रोलियम पदार्थ, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्