शिक्षण अस्पतालले स्थगन गरेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा
काठमाडौं, माघ ८ गते । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ)ले पूर्ण रुपमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
सोमबार अस्पतालले एक सूचना निकाल्दै अबदेखि अस्पतालमा भर्ना भएका बिरामीले समेत स्वास्थ्य बिमामार्फतको सेवा पाउने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिनुभयो ।
यसअघि स्वास्थ्य बिमा बोर्डले लागू गरेको नयाँ दररेट अस्पतालको दरभन्दा फरक परेको भन्दै अस्पतालले गत भदौ १२ गतेदेखि ओपिडी र इमरजेन्सी सेवा मात्रै स्वास्थ्य बिमा कार्यक्रम लागू गर्दै अन्य सेवा बन्द गरेको थियो । त्यस यता भर्ना भएका बिमित बिरामीले बिमा सेवा सुविधा लिन पाएका थिएनन् ।
अस्पतालले जारी गरेको सूचनामा, ‘स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विभागमा भर्ना भएका बिरामीहरुलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम गत भदौ १२ देखि स्थगित गरिएकोमा माघ ७ देखि पुनः सञ्चालनमा आएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’’ उल्लेख छ ।
गत भदौमा बोर्डले जारी गरेको उपचार सुविधासम्बन्धी नयाँ प्याकेजमा असहमतिसँगै अस्पतालले बिमितको उपचार गरेबापत पाउनुपर्ने सोधभर्नाको ठुलो रकम नआउँदा बाध्यभएर कार्यक्रम आंशिक रुपमा स्थगित भएको अस्पतालका निमित्त निर्देशक डा.घनश्याम गुरुङले जानकारी दिनुभयो ।
नयाँ प्याकेज स्थगित भएको र रोकिएको केही रकम छिट्टै उपलब्ध गराउने आश्वासनपछि बिमा कार्यक्रम पुनः सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । डा.गुरुङका अनुसार अस्पताले स्वास्थ्य बिमा बोर्डबाट करिब ६९ करोड रकम लिन बाँकी छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #शिक्षण अस्पतालले स्थगन गरेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालनमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्