ऐन तथा नियमावली उल्लङ्घन गरेमा १११५ मा जानकारी गरौँ
काठमाडौं, माघ ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐन तथा नियमावली उल्लङ्घन गरेमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री नियन्त्रण गर्न बनेको ऐन तथा नियमावली उल्लङ्घन भएको पाइएमा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन सम्बन्धित सबैलाई अनुरोध गर्नुभयो ।
सरकारले मातृ शिशु मैत्री अभियानअन्तर्गत सम्पूर्ण सरोकारवालाहरुलाई स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्दै स्तनपानलाई निरुत्साहित गर्ने वस्तुहरुको अनुचित बजारीकरणलाई नियन्त्रण गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु–बिक्री नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ ल्याएको छ ।
उक्त ऐन र नियमावालीको कार्यान्वयन गर्न मन्त्रालय प्रतिवद्ध रहेको र सबै सरोकारवालालाई सो ऐन तथा नियमावली प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउनहुन मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ ।
शिशु जन्मिएपछि जतिसक्दो चाडो–एक घण्टाभित्र अनिवार्य रुपमा आमाको बिगौती दूध खुवाउनुपर्छ । चिकित्सकका अनुसार बिगौती दूधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्नुका साथै बाल मृत्युदरलाई समेत घटाउन मद्दत गर्छ । त्यसका अलाव आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने चिकित्सक बताउछन् ।
आमाको दूधमा शिशु जन्मेपछि छ महिनाको उमेसम्म चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरु पाइने हुनाले शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउन बुढाथोकीले आग्रह गर्नुभयो । छ महिना पश्चात थप पोषिलो खानाका साथै कम्तिमा २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिन उहाँको सुझाव छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #breaking, #ऐन तथा नियमावली उल्लङ्घन गरेमा १११५ मा जानकारी गरौँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्