विश्वमा वार्षिक ८७ लाख मानिसको धूमपानका कारण मृत्यु
काठमाडौं । धुम्रपानको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग लगायतका रोगहरु लाग्दछ भन्ने त सबैलाई थाहा छ । धुम्रपानले मस्तिष्कलाई संकुचित बनाउँछ र यो लतले मस्तिष्कको समयपूर्व बुढ्यौली निम्त्याउँछ ।
धुम्रपान छाड्दा मस्तिष्कको तन्तुलाई हुने थप क्षतिबाट जोगाउन सकिन्छ । तर मस्तिष्क पुरानै आकारमा फर्किँदैन भन्ने एक अध्ययनले देखाएको छ ।
वाशिङटन युनिभर्सिटी स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन प्रतिष्ठित जर्नल बायोलोजिकल साइकियाट्री–ग्लोबल ओपन साइन्समा प्रकाशित भएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार धुम्रपानले मस्तिष्कको बुढ्यौली प्रक्रियालाई गति दिन्छ । स्वाभाविक रूपमा, बढ्दो उमेरसँगै मस्तिष्कको मात्रामा कमी आउनु स्वाभाविक हो ।
धुम्रपान र मस्तिष्कको मात्रा बीचको सम्बन्धमा प्रत्येक दिनको धूम्रपानको मात्रामा निर्भर गर्दछ । एक व्यक्तिले दिनमा जति धेरै धुम्रपान गर्छ, उसको दिमागको आकार सानो हुँदै जान्छ ।
अध्ययनमा संलग्न वरिष्ठ अनुसन्धानकर्ता प्रोफेसर लौरा बेरुतका अनुसार यसअघिका वैज्ञानिकहरूले धुम्रपानले मस्तिष्कमा पार्ने असरलाई बेवास्ता गरेका थिए ।
उनीहरूले मुख्यतया फोक्सो र मुटुमा यसको प्रभावको अध्ययन गरिरहेका थिए । हामीले मस्तिष्कलाई अझ नजिकबाट हेर्न थालेपछि यो स्पष्ट भयो कि धुम्रपान मस्तिष्कको लागि पनि हानिकारक छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष ८७ लाख मानिसको मृत्युको लागि सुर्तीजन्य पदार्थ जिम्मेवार छ । यसको मतलब प्रत्येक चार सेकेन्डमा एक जनाको मृत्यु हुन्छ ।
यसबाट उत्पन्न हुने धुवाँको सिकार हुनेमा नचाहेर पनि १३ लाख मानिस छन् । आधिकारिक तथ्यांक अनुसार भारतमा धुम्रपानका कारण बर्सेनि करिब १० लाख मानिसको मृत्यु हुने गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य
ट्याग : #विश्वमा वार्षिक ८७ लाख मानिसको धूमपानका कारण मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्