Techie IT
मंगलबार, वैशाख ४,२०८१

खाँदबारीको पाङ्मा स्वास्थ्य चौकीको आयोजनामा वडाका हजार दिने आमाहरुलाई कोसेली वितरण


खाँदबारी नगरपालिका वडा नं ३ ले पाङ्मा स्वास्थ्य चौकीको आयोजनामा वडाका हजार दिने आमाहरुलाई कोसेली वितरण गरेको छ । हजार दिने आमा र बच्चाको  पोषण र स्वास्थ्यमा  सुधार ल्याउने उद्देश्यको साथ कोसेली वितरण गरिएको वडा नम्बर ३ का अध्यक्ष भरत कुमार घिमिरेले बताउनुभयो । वडाभरिका ४५ दिन भित्रका र ६ महिना सम्मका ४० जना आमाहरुलाई कोसेली स्वरुप २ क्यारेट अण्डा, टुथपेस्ट, नेलकटर, लाइफब्वाई साबुन, १ लिटर तेल वितरण गरिएको उहाँले बताउनुभयो ।

वडाअध्यक्ष घिमिरेका अनुसार  वडाभित्रका ४०० किसोरीलाई टुथपेस्ट, ब्रस र साबुन वितरण गरिएको छ । महेन्द्र माध्यमिक विद्यालय मानेभन्ज्याङका ३१० जना  र लक्ष्मी आधारभूत विद्यालयका ९० जना गरि जम्मा ४०० जना किसोरीलाई टुथपेस्ट, ब्रस र साबुन पनि वितरण गरिएको छ । शुक्रबार आयोजित कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख मुरारी प्रसाद खतिवडा, उपप्रमुख डेगेश्वरी श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Haze
5:37 am6:29 pm +0545