एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्सबाट उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी विपिन शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् । स्वस्तिमा कर्णाली याक्सकी ब्रान्ड एम्बेसडर हुन् ।
विपिनले आफ्नो इन्टाग्राम स्टोरीमा स्वस्तिमाले आफूलाई क्रिसमस गिफ्ट दिएको भन्दै आभार प्रकट गरेका छन् । स्वस्तिमाले गिफ्टसँगै सानो हस्तलिखित सन्देश पनि दिएकी थिइन् । त्यसमा उनले एनपीएलमा व्यक्तिगत सफलताका लागि बधाई दिएकी छन् ।उनले लेखेकी छन्, ‘प्रिय विपिन भाइ । एनपीएलमा तिम्रो उच्च सफलताका लागि बधाई छ । तिम्रो मिहिनेत र समर्पणका लागि सानो हौसला स्वरुप यो फोन प्रदान गरेकी छु । यसले तिमीलाई मैदान भित्र र बाहिर असंख्य राम्रा कलहरु ल्याओस र तिमीलाई अन्य ठूला अवसरहरुसँग जोडोस ।’
कर्णाली याक्सका लागि १३ विकेट लिएका विपित इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कर्णाली याक्स प्रतियोगितामा तेस्रो भएको थियो ।
क्याटेगोरी : खेलकुद, मनोरञ्जन/साहित्य, विशेष
ट्याग : #breaking, #एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्