“लुसु” चलचित्रबाट निर्देशकमा डेब्यु गर्दै कलाकार नवराज
काठमाडौ । कलाकार नवराज श्रेष्ठले चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने चलचित्रको नाम ‘लुसु’ राखिएको छ ।
दि पाल्म ग्रुप प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता शेखर लामा रहेका छन् । निर्माताले टिमले चलचित्र निर्माणका लागि गत विहिबार चलचित्र बिकास बोर्डबाट इजाजत समेत प्राप्त गरिसकेका छन् ।
पदम बिश्वकर्माको कथा रहेको चलचित्र सामाजिक कथाको रहने छ । नेपाल र अमेरिकामा छायाँकन हुने चलचित्रको यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ । फागुनबाट चलचित्रको छायाँकन थाल्ने निर्माण पक्षको तयारी छ । चलचित्रको मुख्य कलाकार तथा प्राबिधिकहरु केही दिनमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले जनाएका छन् ।
अभिनयबाट संगालेको अनुभव र सिकेको ज्ञानलाई निर्देशनमा सदुपयोग गर्ने श्रेठले जनाएका छन् । उनले चलचित्रको कथा सुन्दा यो कथा आफैले भन्नु पर्छ भन्ने महशुस भएर निर्देशनमा आउन लागेको जनाए ।
सन् १९९४ को चलचित्र ‘बादल’बाट अभिनय यात्रा शुरु गरेका श्रेष्ठले ‘जन्मभूमी’, ‘गुड लक’, ‘स्काउट’ लगायतका चलचित्रमा अभिनय गरेका छन् । यस्तै थुप्रै म्युजिक भिडियो तथा बिज्ञापनमा पनि श्रेष्ठले अभिनय गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, विशेष
ट्याग : #hot, #चलचित्र, #डेब्यु, #नवराज श्रेष्ठ, #लुसु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्