राष्ट्रिय युवा परिषदमा पुनः ढुंगेल
काठमाडौँ, १३ जेठ ः राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगेल पुनः नियुक्ती भएको छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आफूलाई चार बर्षका लागि नियुक्ती गरेको उनले जानकारी दिए ।
यसअघि उहाँ २०७२ साल फागुन १९ गते चार बर्षका लागि नियुक्ती भएका थिए । उनको कार्यकाल यहि फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद रिक्त रहेको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई जना विज्ञ सहितको सिफारिस समितिले नियुक्तीका लागि उहाँलाई सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले नियुक्ती गरेको हो ।
नवनियुक्ती कार्यकारी उपाध्यक्ष ढुंगेलले युवाको नेतृत्व विकास गरी स्वरोजगारमुखी बनाई मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताए ।
अघिल्लो कार्यकालमा ढुंगेलले ७५ जिल्लामा युवाको नेतृत्वको विकासका लागि एउटा संघीय, सात प्रदेश, ७७ जिल्ला र ९१ वटा स्थानीय तह नमुना युवा संसद, युवालाई उद्यमतिर आकषिैत गर्नका लागि विना धितो ऋण उपलब्ध गराउने युवा उद्यम कार्यक्रम, शैक्षिक प्रमाणपत्र आधारमा उद्योगमका लागि ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएका थिए ।
यसैगरी युवालाई दुव्र्यसनीबाट बचाउन युवा परामर्श र मार्गदर्शन कार्यक्रम तथा नेपालमा पहिलो पटक विज्ञान सूचना तथा प्रविधि राष्टिय युवा सम्मेलनमा पनि उनले गरेका थिए ।
मुलुकमा ४०.३६ प्रतिशत जनसंख्या युवा रहेका छन् । ढुंगेल तत्कालिन नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएको थियो । उनी नेकपाका केन्द्रीय सदस्य पनि हुन् । यसअघि उनी परिषद्को उपाध्यक्ष हुँदा युवाका क्षेत्रमा थुप्रै काम गरेका थिए ।
सरकारले युवाको नेतृत्व क्षमता विकास गर्न, राज्यका हरेक निकायमा युवा सहभागिता र परिचालन गर्ने उद्देश्यले परिषद् गठन गरेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष
ट्याग : #माधवप्रसाद ढुंगेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्