Techie IT
बुधबार, असोज ७,२०८३

आज तारकेश्वर कांग्रेसको नगर अधिवेशन: सभापतिमा सापकोटा र लामाबीच कडा प्रतिस्पर्धा


तारकेश्वर, काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर एकैसाथ पालिका तहको अधिवेशन भइरहेको छ। स्थानीय तहको साङ्गठनिक संरचना निर्माणका लागि भइरहेको यस अधिवेशनमार्फत आज देशभरका विभिन्न पालिकामा गरी कुल ३,७६५ जना नयाँ नेतृत्व चयन हुँदै छन्।

यसै क्रममा काठमाडौँको तारकेश्वर नगरपालिकामा पनि नगर अधिवेशनको चुनावी माहोल निकै तात्दै गएको छ। तारकेश्वरमा नेतृत्व चयनका लागि मुख्य गरी दुई समूह (प्यानल) बीच प्रतिस्पर्धा हुने भएको छ। नगर सभापति पदका लागि श्यामकृष्ण सापकोटानिर्मलकुमार लामाबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।

दुवै पक्षका प्यानल र उम्मेदवारहरू:

  • श्यामकृष्ण सापकोटा प्यानल:

    • सभापति: श्यामकृष्ण सापकोटा

    • उपसभापति: शिवप्रसाद अर्याल र महेश्वरी महर्जन

    • सचिव: राधेश्याम फुयाँल

    • सहसचिव: सुमित्रा तिमिल्सिना

  • निर्मलकुमार लामा प्यानल:

    • सभापति: निर्मलकुमार लामा

    • उपसभापति: कपिल महर्जन र शारदा खनाल

    • सचिव: सबिना परियार

    • सहसचिव: विकास कोइराला


क्याटेगोरी : स्थानीय
ट्याग : #आज तारकेश्वर कांग्रेसको नगर अधिवेशन:


तपाईको कमेन्ट लेख्नुहोस्