Techie IT
मंगलबार, असोज ६,२०८३

टोखा-१० को कांग्रेस वडा सभापति सेढाईंद्वारा अधिवेशन बहिष्कार


नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ स्थित टोखा नगरपालिका वडा नम्बर १० को वडा अधिवेशन वडा सभापति तेजप्रसाद सेढाईंले बहिष्कार गरेका छन्।

शेरबहादुर देउवा पक्षधर मानिने सभापति सेढाईंले विधिवत् प्रक्रिया नपुर्‍याई एकलौटी रूपमा नेतृत्व र प्रतिनिधि चयन गरिएको आरोप लगाउँदै अधिवेशन बहिष्कार गरेका हुन्।

आफ्नो उपस्थिति र सहमतिविना विधानविपरीत एकपक्षीय रूपमा क्षेत्रीय प्रतिनिधि र वडा समिति घोषणा गरिएको बताउँदै उनले उक्त अधिवेशनको औचित्य नरहेको दाबी गरे। १६ युनिटका १४औं अधिवेशनबाट आएका १६ जना सभापतिमध्ये यसपटक आफूखुसी छानिएका २२ जना प्रतिनिधिमा आफ्नो पक्षको एक जना पनि समावेश नगरिएको सेढाईंको भनाइ छ।


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा-१० को कांग्रेस वडा सभापति सेढाईंद्वारा अधिवेशन बहिष्कार


तपाईको कमेन्ट लेख्नुहोस्