नुवाकोटमा कोरोना रोकथामका लागि हित बहादुर तामाङ्गको सक्रियता , यस्तो छ हालसम्मको गतिविधि
नुवाकोट । नोवेल कोरोना भाइरस कोभिड१९ को बिश्वब्यापी प्रकोप फैलिए संगै नेपालमा बन्दाबन्दी जारी भएको आज ४६ भएको छ। यो बीचमा चैत्र २२ गतेका दिन पहिलोपटक नेकपा नेता एवं संघिय सांसद हितबहादुर तामाङ्गले गृह जिल्ला नुवाकोटमा तिब्रता दिएका छन ।
तामाङ्ग संगै वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले शिवपुरी, पञ्चकन्या , दुप्चेश्वर र तादी गाउँ पालिकाहरुको अवलोकन भ्रमण गरेका छन ।
बैशाख २० गते नेकपाका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य विमला सुवेदी,नेकपा वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य द्वय पुष्प लामिछाने , रामप्रसाद ढुंगाना , नेता बलराम प्रसाद फुयाल , नेकपा जापान शाखाका अध्यक्ष हवलचन्द्र लामा लगायतका टोलीले ककनी गाउँ पालिकाको र २२ गते पुन वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ ,जिल्ला नेताहरू लालबहादुर तामाङ , श्यामबहादुर तामाङ लगायतका टोलीले शिवपुरी , तादी र दुप्चेश्वर गाउँ पालिकाहरुको अवलोकन भ्रमण गरेका छन ।
बैशाख २४ गते वाग्मती प्रदेशका सदस्य बद्री मैनाली , नेकपा वाग्मती प्रदेशका सचिवालय सदस्य पुष्प लामिछाने , वाग्मती प्रदेशका अर्का सदस्य बिन्दा ढुंगाना , हवल चन्द्र लामा ,जिल्ला नेताहरु धर्म अधिकारी , सुवास तामाङ , जितबहादुर घले , इमानसिंह तामाङ ,अर्जुन कार्की ,मणिनाथ लामिछाने ,घकुमार लामा समेतका टोलीले पञ्चकन्या ,लिखु र सुर्यगढी गाउँ पालिका हुदै त्रिशूली अस्पतालको अवलोकन भ्रमण पछि जिल्ला प्रशासन कार्यालयमा संक्षिप्त बैठक सम्पन्न गरेका छन ।

भ्रमणको क्रममा गाउँ पालिकाहरुका अध्यक्ष ,उपाध्यक्ष ,प्रमुख जिल्ला अधिकारी ,जिल्ला प्रहरी प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत ,वडा अध्यक्ष र अन्य निर्वाचित प्रतिनिधिहरु,नेपाल कम्युनिस्ट पार्टीका गाउँ कमिटीका अध्यक्ष ,सचिव र अन्य कार्यकर्ताहरु ,नेपाली कांग्रेसका नेता कार्यकर्ता एवम् स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र सञ्चारकर्मीहरु ,शिक्षक बुद्धिजीवी र कर्मचारीहरुसंग जनताका स्वास्थ्य स्थिति , सुरक्षा प्रवन्ध ,खाद्यान्न संकटको सम्भावित अवस्था , रोजगारी सिर्जना र उत्पादन वृद्धिका बिषयहरु,निजी तथा सार्वजनिक क्षेत्रका निर्माणका कार्यहरु,औषधी,खाद्यान्न ,निर्माण सामाग्री लगायतका अति आबश्यकीय बस्तुहरुको आपुर्ती र ढुवानीका सवालहरु र स्थानीय ,प्रदेश र संघीय सरकारले अपनाउनु पर्ने भावी रणनीतिक योजनाहरुको बारेमा अन्तरक्रियात्मक छलफल समेत भएको छ ।

त्यही बीचमा तामाङ्गको अगुवाइमा संघ र प्रदेशका जनप्रतिनिधिहरुको तर्फबाट कोभिडको पहिचान ,परिक्षण, जोखिम न्युनिकरण र उपचारको काममा प्रयोगमा आउने थर्मल गन, पिपिई , स्यानिटाइजर र सर्जिकल माक्स लगायतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको छ ।
विश्वव्यापी रुपमा सिङ्गो मानव समुदायलाई नै आतंकित तुल्याइरहेको कोभिड १९ को बिरुद्ध लड्ने सन्दर्भमा स्थानीय तह र जनसमुदाय र जनप्रतिनिधिहरुको साथ सहयोग र एक्यवद्धतामा नुवाकोटमा कोरोना बिरुद्धको अभियानमा निरन्तर लागि परेको नेकपा नेता एवं संघिय सांसद हित बहादुर तामाङ्गले बताए ।
क्याटेगोरी : विशेष
ट्याग : #हित बहादुर तामाङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्