५०औँ जन्मदिनमा बर्दिवासका बालबालिकाका लागि हिरा गौतमको योगदान
जीवनराज दाहाल : पौष ६, बर्दिवास
समाजप्रतिको उत्तरदायित्वलाई व्यक्तिगत पर्वसँग जोड्दै समाजसेवी हिरा गौतमले आफ्नो ५०औँ जन्मदिनको अवसरमा समाजसेवा र शिक्षामा नयाँ आयाम थपेका छन् । उनले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने लक्ष्यसहित ‘गौतम होटल शिक्षा अक्षय कोष’ स्थापना गरेका हुन् । रु ३ लाख ११ हजार रुपैयाँ बराबरको यस अक्षय कोषले आर्थिक सहयोग मात्र होइन, समुदायप्रति उनको गहिरो प्रतिबद्धता र शिक्षाप्रतिको प्रेम पनि स्पष्ट रूपमा देखाएको छ ।

बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यसहित स्थापना गरिएको कोषले “तपाईं हाम्रो अभियान, शिक्षामा योगदान” भन्ने मूल नारालाई आत्मसात गर्दै अगाडि बढ्नेछ । गौतम होटलको पहलमा स्थापना भएको यो अक्षय कोषले पछाडि परेका समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको आयोजकले बताए ।

कार्यक्रममा सहभागी अतिथिहरू, समाजसेवीहरू तथा पत्रकारहरूले जन्मदिनलाई सामूहिक हित र शिक्षासँग जोड्ने गौतमको उदाहरणीय कदमको उच्च प्रशंसा गर्दै उनलाई हार्दिक शुभकामना दिएका थिए । वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै, यस्ता अक्षय कोषमार्फत गरिने सहयोगले मुसहर बस्तीका बालबालिकालाई उज्ज्वल भविष्यतर्फ डोर्याउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रम बर्दिवासस्थित गौतम होटलकै सभाहलमा सम्पन्न भएको थियो, जहाँ बुद्धिजीवी, पत्रकार र मुसहर बस्तीका बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । जन्मदिनजस्तो व्यक्तिगत क्षणलाई समुदाय र शिक्षाको सेवामा समर्पित गर्ने यस पहलले बर्दिवास मात्र होइन, सम्पूर्ण समाजको गौरव बढाएको छ ।
क्याटेगोरी : banner, education, ब्रेकिंग न्युज, मनोरञ्जन/साहित्य, समाज, स्थानीय
ट्याग : #bardibas mahottari, #gautam hotel, #hira gautam, #hiralal gautam, #हिरा गौतम, #हिरालाल गौतम बर्दिवास
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्