Techie IT
आईतबार, कात्तिक १६,२०८३

निर्माता सरोज पाण्डेको ‘सिम सिम पानी’ असोज २ गते सार्वजनिक हुँदै


काठमाडौं । नेपाली सांगीतिक क्षेत्रको प्रतीक्षित म्युजिक भिडियो ‘सिम सिम पानी’ असोज २ गते सार्वजनिक हुने भएको छ। मौलिक नेपाली परिवेश, पारिवारिक कथा र आकर्षक दृश्यलाई समेटिएको भिडियोको छायांकन गागलफेदीस्थित सुन्दर फिल्म रिसोर्टमा गरिएको हो।

उपेन्द्र पन्तको स्वर तथा शब्द रहेको गीतमा गंगा सोनामको महिला स्वर रहेको छ। भिडियोका निर्माता उमा गौचन र सरोज कुमार पाण्डे हुन्। बाल कलाकारका रूपमा सान्युग गौचन र समिया कार्कीले अभिनय गरेका छन्। भिडियोको कोरियोग्राफी दावा तामाङले गरेका छन् भने निर्देशन नितिन चन्दले गरेका हुन्।

भिडियोमा लोकप्रिय अभिनेत्री गरिमा शर्मा र अभिनेता सन्दीप बाबु लोहनी मुख्य जोडीका रूपमा प्रस्तुत भएका छन्। छायांकनका क्रममा उनीहरूबीच देखिएको केमेस्ट्री र प्राकृतिक परिवेशमा खिचिएका दृश्यले भिडियो आकर्षक बनेको निर्माण पक्षको दाबी छ।

त्यस्तै, निर्माता सरोज पाण्डे भिडियोमा ‘काका’को भूमिकामा देखिएका छन्। वरिष्ठ कलाकार हिउँबाला गौतमले ‘सानीआमा’को भूमिका निर्वाह गरेकी छन्। दुवै कलाकारको अभिनय र पारिवारिक भूमिकाले भिडियोको कथालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

गागलफेदीको प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली र नेपाली मौलिक संस्कृतिलाई केन्द्रमा राखेर भिडियो निर्माण गरिएको निर्माण टोलीले जनाएको छ। पारिवारिक कथा, चर्चित तथा नयाँ पुस्ताका कलाकारको संयोजन र आकर्षक दृश्यलाई भिडियोको मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको छ।

‘सिम सिम पानी’ तीजपछि असोज २ गते सार्वजनिक हुने भएपछि दर्शकमाझ यसको प्रतीक्षा बढेको छ। निर्माण पक्षले भिडियोले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरेको छ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निर्माता सरोज पाण्डेको ‘सिम सिम पानी’ असोज २ गते सार्वजनिक हुँदै


तपाईको कमेन्ट लेख्नुहोस्