ड्युटीका प्रहरी नै १३ लाखको जुवा खालमा : वरिष्ठ सईसहित १४ जना बाँकेमा पक्राउ
दाङ । बाँके प्रहरीले वरिष्ठ सईसहित १४ जना जुवाडेलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये वरिष्ठ सई शाही कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका छन्। उनी बिदामा नभई ड्युटीमै रहेका बेला जुवाको खालबाट पक्राउ परेका हुन्।
बाँके प्रहरीका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार नेपालगन्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमध्ये नेपालगन्ज–४ का पूर्व वडाध्यक्ष मोहम्मद सफिफ बेहना पनि छन्। साथै, विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरूण गौतम, विनोद खड्का, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागिरथ यादव, नन्दलाल यादव र सुमन केसी पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट रु. १३ लाख ६३ हजार ८ सय नगद र १० गड्डी तास बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #ड्युटीका प्रहरी नै १३ लाखको जुवा खालमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्