कक्षा ११ र १२ को परीक्षा स्थगन
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ । बोर्डको आज बसेको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तथा रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा अन्योल भइरहेको बेलामा बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।
यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ र ११ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापेर परीक्षा सञ्चालनको तयारी अवस्थामा रहे पनि ढुवानी गरेर जिल्ला जिल्ला पु¥याउन भने बाँकी थियो । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने परीक्षामा कक्षा ११ र १२ मा गरी कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए ।
त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।
बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने भन्दै घर मै बसेर परीक्षाको तयारीमा लाग्न आग्रह गरेको छ । बोर्डका सदस्य–सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीका लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गर्नुभएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #राष्ट्रिय परीक्षा बोर्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्