काभ्रेको मण्डन देउपुरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर
प्रदीप ढकाल , काभ्रे
असोज १९, शनिवार।
काभ्रेको मण्डन देउपुरमा नेपाल प्रहरी अस्पतालले मण्डन देउपुर न. पा. वडा नं १ को समन्वयमा १९ असोजमा १ दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।काभ्रेको मण्डन देउपुर बालुवापाटीमा अवस्थित वालुवा मा.वि. को परिसरमा बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
स्वास्थ्य शिविरमा मण्डन देउपुर न.पा. वडा नं १,२,३,४,५ लगायत आसपासबाट आएका करिब ६२४ जना बिरामीहरूले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य शिविरमा करिब १०६१ सेवा तथा जाँच गरिएको थियो।
स्वास्थ्य शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, ईसीजी लगायत रोगहरूको निःशुल्क जाँच तथा निःशुल्क औषधि वितरण समेत गरिएको मण्डन देउपुर–१ का वडा अध्यक्ष शिव प्रसाद ढकालले बताए।
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्