काभ्रेको मण्डन देउपुरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर

प्रदीप ढकाल , काभ्रे
असोज १९, शनिवार।
काभ्रेको मण्डन देउपुरमा नेपाल प्रहरी अस्पतालले मण्डन देउपुर न. पा. वडा नं १ को समन्वयमा १९ असोजमा १ दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।काभ्रेको मण्डन देउपुर बालुवापाटीमा अवस्थित वालुवा मा.वि. को परिसरमा बृहत् स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
स्वास्थ्य शिविरमा मण्डन देउपुर न.पा. वडा नं १,२,३,४,५ लगायत आसपासबाट आएका करिब ६२४ जना बिरामीहरूले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य शिविरमा करिब १०६१ सेवा तथा जाँच गरिएको थियो।
स्वास्थ्य शिविरमा सामान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, ईसीजी लगायत रोगहरूको निःशुल्क जाँच तथा निःशुल्क औषधि वितरण समेत गरिएको मण्डन देउपुर–१ का वडा अध्यक्ष शिव प्रसाद ढकालले बताए।
क्याटेगोरी : स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्