सातदोबाटो–चापागाउँ सडकको एकएक हिसाब खोज्दै स्थानीय
काठमाडौं, १७ कात्तिक । ललितपुर जिल्लाको सातदोबाटो हुँदै हेटौंडा जाने कान्तिलोकपथ सडक निर्माण नहुँदा स्थानीयले हैरानी भोग्नु परेको छ ।
भत्किएको सडकको हिलो र धुलोले चापागाउँ, ठेचो र सुनाकोठीको सडक हिँड्नै नसकिने गरी बिग्रिएको छ । सडक बिग्रिएको वर्षौं भइसक्दा पनि सरोकारवाला निकायले सडक बनाउने वा मर्मत गर्ने विषयमा ध्यान दिएका छैनन् । ठेकेदार र सो क्षेत्रका जनप्रतिनिधिहरू पनि कानमा तेल हालेर बसेका छन् । उनीहरूले स्थानीय जनताको मागको सुनुवाइ समेत गरेका छैनन् ।
धुलोका कारण स्थानीयलाई समस्या भएपछि गोदावरी नगरपालिकाले बाटोमा बेलाबेला ट्यांकरबाट पानी हाल्ने गरेको छ । धुलो नउडोस् भनेर हाल्ने पानीका कारण सडकमा चिप्लिएर दैनिक ५० भन्दा बढी मोटरसाइकल लड्ने गरेको स्थानीयले बताएका छन् ।
तीन महिना अगाडि ललितपुर जिल्लाका प्रतिनिधि सभाका सांसद पम्फा भुसाल, नवराज सिलवाल, प्रदेश सांसद चेतनाथ सन्जेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन प्रमुख र ठेकदारबीच कात्तिक मसान्तसम्म यथास्थितिमा कालोपत्र गर्ने लिखित सहमति भएको थियो । कात्तिक मसान्त सक्किने बेला भइसक्यो । तर, सरोकारवाला निकायले सडक अहिलेसम्म सिन्को पनि भाँचेको छैन ।
कात्तिक मसान्तसम्म पनि सडक कालोपत्र नहुने देखेपछि सयौँ स्थानीयहरूको भेलाले रामभक्त महर्जनको संयोजकत्वमा २५ जनाको संघर्ष समिति गठन गरेको छ । संघर्ष समितिले सडक बनाउन दवाव दिँदै आएको छ ।
समितिले गोदावरी नगरपालिकालाई पनि सडक बनाउन केन्द्र सरकारलाई दवाव दिन आग्रह गरिसकेको छ ।
सडकको दुरदशाबाट जानकार प्रदेश सांसद चेतनाथ सन्जेल भने सरोकारवाला निकायलाई दवाव दिएर सडक मर्मत र सुधार गर्नेभन्दा पनि स्थानीयले राजनीति गर्न थालेको भन्दै आक्रोश पोखेका छन् । त्यही क्षेत्रका जनताको भोटले प्रदेश सांसदमा निर्वाचित सञ्जेलले आफूलाई जनताको मागभन्दा टाढा राख्न खोजेपछि स्थानीयहरू आक्रोशित बनेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #सातदोबाटो–चापागाउँ सडक
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ५काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ
- ८वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…






तपाईको कमेन्ट लेख्नुहोस्