“ सत्ता र शक्ति” : जनक सापकोटा (चट्टान )
देशको व्यवस्था वदल्न कयौ विर शहिदका रगत लतपतियो
सिद्धान्त भुलि सत्ता मोहले एकाएक कार्यदिशा स्वाट्टै वदलियो ।।
सत्तामा रहँदा सबैले जयजयकार गर्ने र रम्ने अन्धभक्तिमा
आखिर तेस्तो के रहेछ सर्वश्रेष्ठ त्यो सत्ता र शक्तिमा ।।
स्वतन्त्र विचार, शक्ति पृथकीकरणको सिद्धान्त र यसको उपयोग
अडम्बरी सत्ताको आड र वलमा भइराको छ चरम दुरुपयोग ।।
प्रतिपक्ष त बस्नै नसकिने सबैलाइ यस्तो प्यारो भयो कि सत्ता
आसेपासे नातेदार छानी छानी नियुक्ति दिलाइ सुविधा र भतै भत्ता ।।
राज्यका ३ अंग (र्कायपालिका,न्यायपालिका र व्यवस्थापिका) विचको तालमेल
निष्पक्षताको आभाष छैन जनतामा भइराछ भित्रभित्रै वार्गेनिङ र जालझेल ।।
गणतन्त्र र संघियताको मुलमर्म थियो सरल सेवा प्रवाह तथा शुसासान
राजनैतिक अस्थीरताले कल्पीत शुसाशनमा रुमलियो भयो हाम्रो प्रशासन ।।
नामले राजनीती तर व्यवहारले भएको लाजनितिले छायो तिव्र वितृष्णा
कुर्सीमोह,क्षणिक स्वार्थले भरिएका गठबन्धनले यत्रतत्र छ व्यापक घृणा ।।
सत्ता कयौ फेरिए वदलिएन देशको अवस्था निराशाले देश छाड्नेकै छ लर्को
पलायनलाइ रोकी उधमशिलतामा सामेल गराउन थालौ अविलम्ब जमर्को ।।
हटाउन भनसुन, भागवन्डा, विसंगती, भ्रष्टचार र अनियमितत्ताको जालो
छाडी गुलामी आफ्नो क्षेत्रबाट आवाज वुलन्द गर्देै अव सचेत गराउने पालो ।।
अवको लक्ष्य समृद्ध देश,सुखी नेपाली समुन्नत समाज र विकास
राजनैतिक स्थायित्व सहितको स्थीर सरकार नै हुनेछ निकास ।।
-लेखक सापकोटा नेपाल निजामती कर्मचारी सङगठन जिल्ला कार्य समिति,इलामका सह सचिव एवं
हाल वन विज्ञान अध्ययन संस्थान,पोखरामा स्नातक तह तेश्रोे वर्ष प्रथम सेमेष्टरमा अध्ययनरत छन )
क्याटेगोरी : समाचार, दृस्टी कोण
ट्याग : #janak sapkota, #जनक सापकोटा (चट्टान )
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्