फेसबुक धेरै चलाउने व्यक्ति, धेरै नै दुःखी ,हेर्नुहोस कसरी ?
एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
बेलायतको शेफिल्ड विश्वविद्यालयका अर्थशास्त्रीहरूको एक टोलीले गरेको अध्ययन अनुसार फेसबूक, स्न्यापच्याट, ह्वाट्सयाप र इन्स्टाग्राममा बालबालिकाले जति बढी समय च्याट गर्न बिताउँछन्, उति कम उनीहरू विद्यालयको काम गर्न, विद्यालय जान, आफ्नो लवाइखवाइ, आफ्नो परिवार र आफ्नो समग्र जीवनप्रति खुशी हुन्छन् । आफ्नो अनलाइन मित्रताप्रति भने उनीहरू खुशी हुन्छन् ।
सामाजिक सञ्जालमा जम्मा एक घण्टा मात्र बिताउँदा पनि बालबालिकाले जीवनप्रतिको खुशी १४ प्रतिशतले घटाउने अर्थशास्त्रीहरूले पाए । एकल मातापिताका सन्तान हुनुको बेफाइदा र विद्यालय हाप्न मन लाग्नेभन्दा यो तीन गुणा बढी खतरनाक भएको उनीहरूको निष्कर्ष छ ।
यो निष्कर्षले सामाजिक सञ्जालका राम्रा र नराम्रा पक्षसम्बन्धी बहस चर्काउने सम्भावना छ ।सोह्रदेखि २४ वर्ष समूहका ९० प्रतिशतभन्दा बढी व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गर्छन् । धेरै साइटले कम्तीमा १३ वर्ष भनी प्रयोगकर्ताको उमेरहद तोकेपनि कमैले मात्र नियन्त्रणका उपाय अपनाउँछन् ।
हिजोआज त तीनदेखि चार वर्षका बालबालिकाको आफ्नै ट्याब्लेट हुने र सामाजिक सञ्जालमा अकाउन्ट पनि हुने देखिएको छ ।अहिलेका टीनएजरहरू एक हप्तामा टिभी हेर्नुभन्दा करीब साढे तीन घन्टा बढी समय अनलाइनमा बिताउँछन् ।
क्याटेगोरी : विशेष
ट्याग : #फेसबुक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्