एमालेको संकल्प यात्रा टोली आज दिनभर तेह्रथुममा
काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)को जारी मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्रा टोली आज तेह्रथुमको वसन्तपुरबाट आठराई गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र सक्रान्ति बजार पुग्दै छ ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार अहिले वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ । उक्त स्थानमा स्थानीय बासिन्दा ,राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
त्यहाँबाट अघि बढ्ने यात्रा टोली तेह्रथुमकै औँसीडाँडामा स्थानीय बासिन्दासँग सो क्षेत्रका समस्या र विकासका सम्भावना बारे छलफल गर्ने तयारी छ । साँझ सक्रान्ति बजारमा पुगेर बास बस्ने प्रमुख गौतमले जानकारी दिए ।
आजको यात्रा दिनभर तेह्रथुम जिल्लाभित्रै हुनेछ । यात्रा टोलीले आज ९४ किलोमिटर दुरी पार गर्नेछ । मध्यपहाडका समस्याको पहिचान र त्यसको समाधानका उपाय पहिल्याउन एमालेले मध्यपहाडी राजमार्ग अन्तर्गतका २६ जिल्लाको यात्रा तय गरेको हो ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने, विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको जनाएको छ ।
बैतडीको झुलाघाटबाट गत मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । यात्रामा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोली सहभागि छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##breaking news
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्