योगराज ढकाल ‘रिगल’ बिरुद्ध परेको रिटको पेशी न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौं । नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को राष्ट्रपतिबाट कैद सजाय मिनाहा भएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि आज बिहिबार पेसी तोकिएको छ ।
उक्त रिट निवेदनको सुनुवाईका लागि न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ । अबैध असुलीमा संलग्न रिगलले आफ्नो असुलीमा बाधा खडा गरेको भन्दै २०७२ असार २८ मा चेतन मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।
मानन्धरको हत्यामा संलग्न मुख्य दोषी भन्दै अदालतले रिगललाई सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो । तर मन्त्रिपरिषदको सिफारिसमा संविधान दिवसको दिन असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको बाँकी कैद मिनाहा गर्नुभएको थियो ।
त्यसबिरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट निवेदन दिनु भएको थियो । भारतीले सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सर्वोच्च अदालत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्