स्थानीय तहले जताभाबी निर्माणको लाईसेन्स बितरण गर्दा दुरुपयोग बढ्यो : अध्यक्ष सिह
संखुवासभा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले स्थानीय तहले जथाभावी लाईसेन्स वितरण गर्दा दुरुपयोग बढेको बताएका छन् । स्थानीय तहले राजश्व संकलनको नाममा जथाभावी लाईसेन्स वितरण गरेको उहाँले बताउनुभयो । निर्माण व्यवसायी संघ संखुवासभाको १६ औ जिल्ला अबिधेसन उद्घाटनका क्रममा उहाँले स्थानीय तहमा राजश्व संकलन हुन्छ भनेर निर्माणको लाईसेन्स वितरण नर्गन आग्रह गर्नुभयो । साना निर्माण व्यवसायीले जिम्मा लिएको काम गर्न नसकेपछि ठूला व्यवसायीले समेत गाली खानु परेको उहाँले बताउनुभयो ।

कतिपय स्थानीय तहमा आफन्त नाममा पनि जवरजस्ती लाईसेन्स निकालेको उहाँले आरोप लगाउनुभयो । सिंहले निर्माणको लाईसेन्स जारी हुनासाथ २ करोड सम्मका काम तुरुन्तै पाईहाल्ने भएकाले पनि हरेक जिल्लामा लाईसेन्स लिनेको संख्या धेरै हुदै गएको बताउनुभयो । निर्माण व्यवसायीले काम गर्न सकेनन् भन्ने आरोप एकोहोरो लाग्ने गरेको अध्यक्ष सिहले बताउनुभयो । सरकारले काम गरेको रकम भुक्तानी नदिँदा पनि कामको गति कम भएको उँहाको भनाई छ । कामको भूक्तानी समयमै भए तोकिएको समयमा निर्माण व्यवसायीले काम गर्ने उँहाले बताउनुभयो । संखुवासभामा मात्रै २ सय बढी निर्माण व्यवसायी कार्यरत छन् । खाँदबारीमा जारी अधिबेशनले आगामी ४ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।





क्याटेगोरी : समाचार, दृस्टी कोण
ट्याग : #अध्यक्ष रवि सिंह, #निर्माणको लाईसेन्स दुरुपयोग, #नेपाल निर्माण व्यवसायी महासंघ, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्