स्थानीय तहले जताभाबी निर्माणको लाईसेन्स बितरण गर्दा दुरुपयोग बढ्यो : अध्यक्ष सिह

संखुवासभा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले स्थानीय तहले जथाभावी लाईसेन्स वितरण गर्दा दुरुपयोग बढेको बताएका छन् । स्थानीय तहले राजश्व संकलनको नाममा जथाभावी लाईसेन्स वितरण गरेको उहाँले बताउनुभयो । निर्माण व्यवसायी संघ संखुवासभाको १६ औ जिल्ला अबिधेसन उद्घाटनका क्रममा उहाँले स्थानीय तहमा राजश्व संकलन हुन्छ भनेर निर्माणको लाईसेन्स वितरण नर्गन आग्रह गर्नुभयो । साना निर्माण व्यवसायीले जिम्मा लिएको काम गर्न नसकेपछि ठूला व्यवसायीले समेत गाली खानु परेको उहाँले बताउनुभयो ।
कतिपय स्थानीय तहमा आफन्त नाममा पनि जवरजस्ती लाईसेन्स निकालेको उहाँले आरोप लगाउनुभयो । सिंहले निर्माणको लाईसेन्स जारी हुनासाथ २ करोड सम्मका काम तुरुन्तै पाईहाल्ने भएकाले पनि हरेक जिल्लामा लाईसेन्स लिनेको संख्या धेरै हुदै गएको बताउनुभयो । निर्माण व्यवसायीले काम गर्न सकेनन् भन्ने आरोप एकोहोरो लाग्ने गरेको अध्यक्ष सिहले बताउनुभयो । सरकारले काम गरेको रकम भुक्तानी नदिँदा पनि कामको गति कम भएको उँहाको भनाई छ । कामको भूक्तानी समयमै भए तोकिएको समयमा निर्माण व्यवसायीले काम गर्ने उँहाले बताउनुभयो । संखुवासभामा मात्रै २ सय बढी निर्माण व्यवसायी कार्यरत छन् । खाँदबारीमा जारी अधिबेशनले आगामी ४ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
क्याटेगोरी : समाचार, दृस्टी कोण
ट्याग : #अध्यक्ष रवि सिंह, #निर्माणको लाईसेन्स दुरुपयोग, #नेपाल निर्माण व्यवसायी महासंघ, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्