भन्सार छली ल्याइएका ४६ थान मोबाईल सहित भैरहवाबाट एक जना पक्राउ
रुपन्देही । अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइल सहित एक जनालाई रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको छ । भन्सार छलेर चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीको टोलीले बुधबार राती पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १३ स्थितबाट सोही ठाउँ बस्ने बर्ष ४० को विशाल जयसवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिकका अनुसार जयसवालले आफै घरमा लुकाईछिपाई राखिएको अवस्थामा विभिन्न कम्पनीका मोबाईल ४६ थान र पावर वैँक ६ थान बरामद गरिएको बताइएको छ । बरामद गरिएको मोबाईलको मूल्य ३ लाख ३२ हजार रहेको रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिकले जानकारी दिए । बरामद गरिएको मोवाईल रितपुर्वक वरामद गरी मानिससहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको उनलेे जानकारी दिए ।
तीन दिन अघि मात्रै पनि रुपन्देही प्रहरीले नै अन्दाजी ६ लाख मूल्य बराबरको भन्सार छलीका कपडा बरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार कार्यालयमा बुझाइसकेको छ । पछिल्लो समय रुपन्देही प्रहरी तस्करीका गतिविधि नियन्त्रणमा लाग्न आक्रमक देखिएका छन् । प्रहरी उपरीक्षक भरत बहादुर बिकले तस्करी गतिविधिलाई निस्तेज गर्न मातहतका प्रहरीलाई निर्देशन दिएसंगै यहाँका प्रहरी तस्करीजन्य गतिविधिलाई निस्तेज गर्न आक्रमक देखिएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्