सभामुख पदको निर्वाचनका लागि दुई प्रस्ताव प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचनका लागि दुई प्रस्ताव प्रस्तुत भएको छ ।
बैठकमा नेकपा (एमाले)का नेता सुवास नेम्वाङले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।
नेता नेम्वाङले संसद्मा निष्पक्ष रुपमा भूमिका निर्वाह सक्नुहुन्छ भन्ने विश्वासका साथ सत्ता गठबन्धनका तर्फबाट घिमिरेलाई सभामुख पदको उम्मेदवार बनाएको बताउनुभयो ।
उक्त प्रस्तावमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले समर्थन जनाउनुभएको थियो ।
यस्तै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो ।
महामन्त्री शर्माले न्यौपानेलाई सक्षम, योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको भन्दै शक्ति सन्तुलनका दृष्टिले पनि संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका उम्मेदवार न्यौपानेलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
महामन्त्री शर्माको प्रस्तावमा नेकपा (एकिकृत समाजवादी)का नेता प्रकाश ज्वालाले समर्थन जनाउनुभएको छ ।
दुवै प्रस्तावमाथि केही बेरमा मतदान प्रक्रिया अघि बढाइ सभामुख चयन गरिने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा बैठक, #सभामुख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्