माओवादी केन्द्रका कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का

पोखरा – नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ।
दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ। यद्यपि अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन्। पार्टीभित्र उनलाई सभामुख बन्न दबाब बढेको हो।
धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन्। ‘उहाँलाई सभामुख बन्नुस् भनेका छौँ। अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने, ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरुको छ।
यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले शपथ लिइसकेका छन्। माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन्। सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ। संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भइसक्नुपर्ने व्यवस्था छ।
१८ पुसमा बसेको पहिलो बैठक हिसाब गर्दा २ माघ कटाउन मिल्दैन। सकेसम्म बिदाकै दिन भए पनि बैठक बसेर सभामुख चयन गरिने संसद् सचिवालयले जनाएको छ। यद्यपि दलहरूबिच बैठक बस्न बाँकी रहेको बताइएको छ। धिताल गोरखा १ (१) बाट निर्वाचित भएका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण धिताल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्