अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने जेसिबी सहित ६ वटा ट्रिपर चितवन प्रहरीको नियन्त्रणमा

चितवन । पुर्वी चितवनको रत्ननगर र खैरहनीबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसिबी सहित ६ वटा ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिईएको छ । ईलाका प्रहरी कार्यालय खैरहनी चितवनबाट खटिएको प्रहरीको टोलीले आज (मंगलबार) बिहान ९ बजे खैरहनी नगरपालिका वर्डा नम्बर ३ स्थितबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा एउटा जेसिबीसहित चार वटा ट्रिपरलाइ नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बा १ क ६०३६ नंम्बरको जेसिबी सहित ग २ ख ९३४, ना ८ ख २९३४, ना ७ ख २६७३ र ना ८ ख ६२७१ नंम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी खैरहनी नगरपालिका पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस्तै, प्रहरीले रत्ननगरबाट समेत दुई वटा ट्रिपर नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको टोलिले रत्ननगर नगरपालिका वडा नंम्बर ३ स्थितबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ना ८ ख १४९४ , र ना ८ ख ५९५३ नंम्बरको टिपरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी रत्ननगर नगरपालिका पठाईएको टाँडीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रविन बाबू रेग्मीले जानकारी दिए ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चितवनले खोलानालाबाट हुने चोरी निकासी रोक्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएसंगै यस क्षेत्रमा हुँदै आएको नदीजन्य पदार्थ उत्खनन् ठप्प भएको छ भने लुकिछिपी चोरी निकासी गर्दै आइरहेको सवारीसाधन समेत भटाभट नियन्त्रणमा आइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्