महाकाली नदी नेपाल–भारतको सीमा हो, एकलौटी संरचना बनाउन मिल्दैन : राजन भट्टराई
काठमाडौं । नेकपा एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले महाकाली नदी नेपाल–भारतको सीमा भएकाले भारतले मात्रै एकलौटी संरचना बनाउन नमिल्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भट्टलाईले नेपाल र भारतको सीमामा भारतले नेपालाई असर पर्ने गरी एकपक्षीय रुपमा संरचना बनाउन नमिल्ने बताएका हुन् ।
‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन’, उनले लेखेका छन्, ‘नदीको धार नै परिवर्तन हुने गरी महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरी सहमति खोजियोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ ।’
नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको कामलाई रोक्न सरकारसँग माग गर्दै नदीको धार नै परिवर्तन हुने गरी भारतीय पक्षले लगाएको पर्खालको विषयमा सरकारको मौनताप्रति प्रश्न समेत उठाउँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्