सेना परिचालन गर्ने घोषणा विरुद्ध रूसमा ठूलो प्रदर्शन
अन्तराष्ट्रिय । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३ लाख रिजर्भ सैनिक तैनाथ गर्ने घोषणा गरेका छन् । त्यसयता रुसमा चर्को विरोध भइरहेको छ । राजधानी मस्को, सबैभन्दा ठूलो औद्योगिक सहर सेन्ट पिटर्सबर्गमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए र प्रदर्शन गरेका छन् ।
एक स्वतन्त्र निगरानी समूहले यी दुई सहरमा रिजर्भ सेना तैनाथीको विरोधमा जुलुसमा संलग्न सयौं व्यक्तिलाई पक्राउ गरिएको दाबी गरेको छ । मस्कोमा प्रदर्शनकारीहरूले ‘नो टु वार, लाइफ टु आवर चिल्ड्रेन, नो मोबिलाइजेशन’ लगायतका नारा लगाएका छन् । पुटिनको यो सैन्य तैनाथीको आदेशपछि युक्रेन युद्ध अझै चर्किने डर छ ।
रुसी सेनाविरुद्ध कडा कानुन र युद्धको आलोचनाका साथै देशभर विरोध प्रदर्शन भएको छ । स्वतन्त्र रूसी मानव अधिकार समूह इख्म्(क्ष्लाय का अनुसार ३८ शहरहरूमा युद्ध विरोधी प्रदर्शनहरूमा १३ सय भन्दा बढी रूसीहरू पक्राउ परेका छन् ।
रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै प्रहरीले अनुमतिविना विरोध प्रदर्शन र ¥याली आयोजना गर्ने प्रयासलाई विफल पारेको बताएको छ। सबै प्रदर्शनहरू रोकिएका छन् र उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरिएको छ ।
युद्ध विरोधी अपील – पुटिनको लागि मर्नु आवश्यक छैन
यसअघि युद्धविरोधी आन्दोलन भेस्ना युवा लोकतान्त्रिक आन्दोलनले प्रदर्शनको आह्वान गरेको थियो । भेस्नाले रुस–युक्रेन युद्धलाई उल्लेख गर्दै आफ्नो वेबसाइटमा अपीलमा भनेका छन्, ‘हामी सैनिकहरूलाई रुसी सेनाको विशेष अभियानमा भाग लिन अस्वीकार गर्न र सकेसम्म चाँडो आत्मसमर्पण गर्न आह्वान गर्छौं। पुटिनको लागि मर्नु पर्दैन। तपाईं अधिकारीहरूको लागि तोपको चारा जस्तै हुनुहुन्छ, जहाँ तपाईं कुनै अर्थ वा उद्देश्य बिना बर्बाद हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #भ्लादिमिर पुटिन, #रूसी राष्ट्रपति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्