सेना परिचालन गर्ने घोषणा विरुद्ध रूसमा ठूलो प्रदर्शन

अन्तराष्ट्रिय । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३ लाख रिजर्भ सैनिक तैनाथ गर्ने घोषणा गरेका छन् । त्यसयता रुसमा चर्को विरोध भइरहेको छ । राजधानी मस्को, सबैभन्दा ठूलो औद्योगिक सहर सेन्ट पिटर्सबर्गमा ठूलो संख्यामा मानिसहरू सडकमा उत्रिए र प्रदर्शन गरेका छन् ।
एक स्वतन्त्र निगरानी समूहले यी दुई सहरमा रिजर्भ सेना तैनाथीको विरोधमा जुलुसमा संलग्न सयौं व्यक्तिलाई पक्राउ गरिएको दाबी गरेको छ । मस्कोमा प्रदर्शनकारीहरूले ‘नो टु वार, लाइफ टु आवर चिल्ड्रेन, नो मोबिलाइजेशन’ लगायतका नारा लगाएका छन् । पुटिनको यो सैन्य तैनाथीको आदेशपछि युक्रेन युद्ध अझै चर्किने डर छ ।
रुसी सेनाविरुद्ध कडा कानुन र युद्धको आलोचनाका साथै देशभर विरोध प्रदर्शन भएको छ । स्वतन्त्र रूसी मानव अधिकार समूह इख्म्(क्ष्लाय का अनुसार ३८ शहरहरूमा युद्ध विरोधी प्रदर्शनहरूमा १३ सय भन्दा बढी रूसीहरू पक्राउ परेका छन् ।
रुसी समाचार एजेन्सी इन्टरफ्याक्सले आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै प्रहरीले अनुमतिविना विरोध प्रदर्शन र ¥याली आयोजना गर्ने प्रयासलाई विफल पारेको बताएको छ। सबै प्रदर्शनहरू रोकिएका छन् र उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरिएको छ ।
युद्ध विरोधी अपील – पुटिनको लागि मर्नु आवश्यक छैन
यसअघि युद्धविरोधी आन्दोलन भेस्ना युवा लोकतान्त्रिक आन्दोलनले प्रदर्शनको आह्वान गरेको थियो । भेस्नाले रुस–युक्रेन युद्धलाई उल्लेख गर्दै आफ्नो वेबसाइटमा अपीलमा भनेका छन्, ‘हामी सैनिकहरूलाई रुसी सेनाको विशेष अभियानमा भाग लिन अस्वीकार गर्न र सकेसम्म चाँडो आत्मसमर्पण गर्न आह्वान गर्छौं। पुटिनको लागि मर्नु पर्दैन। तपाईं अधिकारीहरूको लागि तोपको चारा जस्तै हुनुहुन्छ, जहाँ तपाईं कुनै अर्थ वा उद्देश्य बिना बर्बाद हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #भ्लादिमिर पुटिन, #रूसी राष्ट्रपति
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्