तारकेश्वर नगरपालिकाको चौथो नगरसभा – १५ योजना सम्पन्न
पुकार तिमलसिना
तारकेश्वर नगरपालिकाको चौथो नगरसभाले विभिन्न विषयगत समितिमार्फत नगरपालिका सञ्चालनमा आवश्यक विधेयक सर्वसहमतिबाट स्वीकृत गरेको छ । नगरसभाबाट नगरपालिकाको चालू आर्थिक वर्षको पूँजीगत बजेटतर्फ करीब रु ७० करोड ८७ लाख र चालूतर्फ रु ४० करोड १३ लाख बजेट विनियोजन गरिएको छ ।
चालू आवमा नगरसभाबाट स्वीकृत वडास्तरीय योजना कूल ३४५ वटा भएकामा २०७५ पुस मसान्तसम्ममा १०८ योजनाको सम्झौता भएर १५ योजनाको कार्य सम्पन्न भई फरफारकसमेत भएको नगर प्रमुख रामेश्वर बोहोराले बताउनुभयो । लागत साझेदारी कार्यक्रमतर्फ कूल ४३ योजना स्वीकृत भएकामा ३७ सम्झौता भई नौ योजना कार्य सम्पन्न भइसकेको प्रमुख बोहोराले बताउनुभयो ।
चालू आवको पुस मसान्तसम्मको भौतिक प्रगतितर्फ सडक ढलान तीन किमी, साइड ड्रेन ७२० मिटर, रिटेनिङ वाल एक हजार ६१५ घमि, ह्युमपाइप ४५० मिटर र नाली ७५० मिटर सम्पन्न भएको छ ।

नगर उपप्रमुख भवानी डोटेल धितालले नगरपालिकाको लक्ष्य भनेको नगरवासीलाई समृद्ध बनाउनु हो भन्नुभयो ।
लागि नगरपालिकाबाट प्राकृतिक स्रोत उपयोग नीति तर्जुमा गरी सोही नीतिका आधारमा नगर क्षेत्रभित्र रहेका सम्पूर्ण प्राकृतिक स्रोतको दिगो उपयोग गरिने नीतिलाई अवलम्बन गर्दै लगिने बताइएको छ । लागत साझेदारी कार्यक्रमअन्तर्गत परियोजना कार्यान्वयन अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरी कार्यान्वयन गरिने तथा समग्र वस्तुस्थिति झल्कने गरी सबै वडालाई समेटी नगर विवरण तयार गरिने निर्णय भएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- २काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ३पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ६एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- ७यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ८नेकपाको तर्फबाट काठमाडौं क्षेत्र नं ५ , ६ र ७ मा को को ?






तपाईको कमेन्ट लेख्नुहोस्