गगन थापालाई जिताउन मतदाता सूचीबाट नाम हटाएको भन्दै बुढानिलकण्ठका मतदाता उत्रिए आन्दोलनमा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रका सात सय मतदाताको नाम राजनीतिक आस्थाका आधारमा हटाउनका लागि निर्वाचन कार्यालयले वडा कार्यालयलाई पत्र पठाएको भन्दै बुढानिलकण्ठ नगरपालिकाका बासिन्दा आन्दोलित भएका छन् ।
नेपाली कांग्रेस बुढानिलकण्ड नगर समितिले एमाले कार्यकर्ता र समर्थक मतदाताको नाम छानी छानी फर्जी मतदाता भनेर कार्यालयमा दिएको किर्ते उजुरीका आधारमा निर्वाचन कार्यालयले सक्कल कागजपत्र लिएर आउन सूचित गरेपछि उनीहरु बसाइ सराई र मतदाता परिचयपत्र लगायतका कागजात बोकेर आन्दोलनमा उत्रिएका हुन् ।
अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय पुगेका मतदाताले आफूहरुको नाम गगन थापालाई चुनाव जिताउने उदेश्यले मतदाता नामावलीबाट हटाउन खोजिएको भन्दै कार्यालयको बोर्ड समेत तोडफोड गरेका छन् । उनीहरुले निर्वाचन आयोग राजनीतिक पुर्वाग्रह र घुसखोरीमा परेर ७ सय मतदातालाई सूचीबाट हटाउन खोजिएको दावी गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्