कांग्रेस महामन्त्री विश्वप्रकाशलाई गठबन्धनको ‘भर’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले सामाजिक सन्जाल मार्फत आगामी मंसिर ४ गते हुने निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
उनले ०७४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । केही समय अघिसम्म शर्मा काठमाडौ ५ मा चुनाव प्रचारमा लागिसकेका थिए । तर, गठबन्धन हुने भएपछि आफ्नो जित सुनिश्चित हुने संकेत पाएसँगै उनले अघिल्लो निर्वाचनमा हारेकै ठाउँबाट उम्मेदवार हुने घोषणा गरेका हुन् ।
‘फेरि प्रस्ट्याऊँ। वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो। काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न’, शर्माले ट्वीटरमा लेखेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्