प्राविधिक शिक्षामा जोड दिनुपर्छः मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश नं ३ को सरकारले शिक्षाको विकासका लागि विशेष महत्व दिएको र शिक्षामा दिगो विकासका लागि सरकार गम्भीर रहेको छ भन्नुभयो ।
उहाँले शिक्षा क्षेत्रमा लागेका शिक्षक, व्यवसायी र विद्वान्लाई निष्पक्षरुपमा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा उहाँले सो विद्यालयका पूर्वशिक्षक कौशलराज पाण्डेलगायतका व्यक्तित्वलाई सम्मान गर्नुभयो ।
सोही अवसरमा प्रदेश नं ३ का सांसदद्वय प्रेमबहादुर पुलामी र इन्द्रबहादुर बानियाँले पनि नेपालमा शिक्षाको विकास राम्रोसँग भइरहेको उल्लेख गर्दै थप गुणस्तरीय एवं प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलको अध्यक्षतामा भएको समारोहमा विद्यालयका प्रधानाध्यापक जयराम थापाले पनि आफ्नो विद्यालयको बारेमा जानकारी दिनुभयो ।
क्याटेगोरी : विशेष
ट्याग : #डोरमणि पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्