चितवनबाट अजिरकोट भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस दुर्घटना, २० घाइते
चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चे चौतारा नजिकै दुर्घटनामा परेको छ।
आज दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको थियो।
गोरखा प्रहरीका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको छ। बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
बस दुर्घटनामा परेर सामान्य घाइते भएका यात्रु पवन पोखरेलले घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको बताए। उकालो र घुम्ती रहेको सडकबाट बस करिब ३० मिटर तल हटेको थियो।
बस ब्रेक फेल भएर दुर्घटनामा परेको अनुमान छ।
क्याटेगोरी : समाचार
ट्याग : #अजिरकोट गाउँपालिका, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्