रामेछाप बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १३ पुग्यो
काठमाडौँ । रामेछाप जिल्ला सुनापती गाउँपालिकाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस रामेछापको लुभु भीरमा दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको सुनापती गाउँपालिकाका प्रमुख ठुलाकान्छा तामाङले जानकारी दिनुभयो ।
आज बिहान काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाट नजिकै टर्निङमा ब्रेक फेल भएर दुर्घटना भएको थियो ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्