बेपत्ता युवती १३ दिनपछि मृत फेला
पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो ।
उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिनुभयो । उक्त शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ ।
मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव भेटेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार मृतक श्रेष्ठले बाबुसँंग पैसा मागेकीमा नपाएपछि उनी घरबाट बेपत्ता भएकी थिइन् । त्यही झोकमा उनले कालीगण्डकी नदीमा हामफालेर आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक गुल्मीको पुर्तिघाटस्थित जीवनउद्धार मावि कक्षा ११ को विद्यार्थी हुन् ।
क्याटेगोरी : विशेष
ट्याग : #मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्