जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि आज मनाइँदै
काठमाडौ । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ । जन्मजयन्तीमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गरेर मनाउन लागेको हो ।
फाउण्डेसनले नेकपा एमालेका अध्यक्ष एवं फाउण्डेसनका संरक्षक केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दिउसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना बिचार गोष्ठीको आयोजना गरेको छ ।
जन्मजयन्तीका अवसरमा आजै मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम पनि रहेको छ । यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार सुनसरीका कृष्ण राईलाई प्रदान गरिदैछ । यस्तै मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा महिला माध्यमिक विद्यालय ललितपुर पुरस्कृत हुदैछ । अध्यक्ष ओलीले यी पुरस्कार राष्ट्रियसभा गृहमा नै वितरण गर्नुहुनेछ ।
यसैगरी विहान ११ बजे तीनकुनेको रोयल व्यांक्वेटमा मदन भण्डारी,जबज र नयाँ पुस्ता विषयमा अनेरास्ववियुले बिचार गोष्ठीको आयोजना गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले उक्र कार्यक्रमलाई सम्बोधन गर्दैहुनुहुन्छ । आज फाउण्डेसनका विभिन्न जिल्ला शाखाहरुले रक्तदान,अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।
भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । २०५० सालमा दासढुंगामा जीप दुर्घटना हुँदा उहाँको निधन भएको हो ।
तस्बीरमा जननेता मदन भण्डारी

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #मदन भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्