Techie IT
सोमबार, असोज २६,२०८३

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

यस्तै, महामन्त्रीमा प्रदिप पौडेल, उदय शम्शेर राणा र डा। डिला सङ्ग्रौला निर्वाचित भएका छन् ।

उपसभापति खुल्लातर्फ डा. भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत र आचार्यले २ हजार ३४२ मत प्राप्त गरी जित हासिल गरेका छन् । यस पदका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरे ।

त्यस्तै, उपसभापति समावेशी (एक पद)तर्फ विनोदकुमार चौधरी १ हजार ७४५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जीत कर्णले ५६२ मत प्राप्त गरे ।

त्यस्तै, महामन्त्री खुल्लातर्फ प्रदीप पौडेलले सर्वाधिक ४ हजार १९४ मत र उदय शम्शेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।

महामन्त्रीको प्रतिस्पर्धामा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनमगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाए ।

यसैगरी, महामन्त्री महिला (एक पद)तर्फ डा. डिला सङ्ग्रौला ३ हजार ११८ मतका साथ निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आचार्य र चौधरी, #कांग्रेस उपसभापतिमा भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्