तनहुँको भानुमा लागूऔषध सहित युवक पक्राउ
तनहुँ । प्रतिबन्धित लागूऔषध सहित एक जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भानु तनहुँबाट प्रहरी निरीक्षक रमेश बिष्टको कमान्डमा खटिएको प्रहरीको टोलीले हिजो (शनिबार) राती ८ बजेको समयमा भानु नगरपालिका ९ बडहरे बस्ने २६ वर्षीय योगेन थापालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका थापाको साथबाट प्रहरीले डाइजेपाम ९८, फेनरागन ९८, एम्पुल र नुफिन ९८ गरी २९४ एम्पुल लागूऔषध बरामद गरेको छ । विशेष सुराकीको आधारमा खटी गएको प्रहरीको टोलीले थापाको घर, कोठामा रितपुर्वक खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध फेला पारेको थियो ।
पक्राउ परेका उनीविरुद्ध लागूऔषध कसुरमा सम्मानित तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबू रेग्मीले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्