एमाले नेता राजन भट्टराई एशिया–युरोप राजनीतिक मञ्चको अध्यक्ष निर्वाचित
जेठ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई एशिया–युरोप राजनीतिक मञ्च (एशिया-युरोप पोलिटिकल फोरम) को अध्यक्षमा निर्वाचित भएका छन् ।
एसियाली राजनीतिक दलहरुको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को हालै सम्पन्न बैठकबाट भट्टराई आगामी दुई वर्षका लागि मञ्चको अध्यक्ष निर्वाचित भएका हुन् ।
चेक गणतन्त्रको राजधानी परागमा आयोजित आइक्याप स्थायी समितिको बैठकले उक्त मञ्चको अध्यक्षमा भट्टराईलाई निर्वाचित गरेको हो ।
मञ्चको पाँचौँ बैठक र आइक्याप स्थायी समितिको ४० औँ बैठक आगामी २०२३ को अक्टोबरमा नेपालमा आयोजना गर्ने निर्णय गरिएको छ ।
डा. भट्टराई नेपालका तर्फबाट आइक्यापको स्थायी समिति सदस्य छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्