पप्पु कन्स्ट्रक्सन कालोसूचीमा
काठमाडौं — नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय ९पिपिएमओ० मा सिफारिस गरेको छ ।
आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसकेको भन्दै कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो।
पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसूचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा भने कालोसूचीको निर्णयले कनै असर गर्ने छैन ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले पिपिएमओ कार्यालयले कालोसूचीमा राख्ने निर्णय सदर गर्नेबित्तिकै पप्पुसँग धरौटी र मोबिलाइजेसनबापतको रकम असुल गरिने बताए।, आजको नागरिक दैनिकमा यो खबर छ ।
पप्पुले २८ महिनाअघि राष्ट्रिय गौरवको सिक्टा सिँचाइको २३ किलोमिटर लामो डुडुवा शाखा नहर बनाउन ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर, सम्झौता अवधि सकिँदासम्म पप्पुले ७ प्रतिशत मात्र काम गरेपछि ठेक्का तोडेको आयोजना कार्यालयको भनाइ छ । पप्पुले भने आयोजना कार्यालयले समयमा डिजाइन, भुक्तानी र काम गर्ने स्थान उपलब्ध नगराउँदा काममा ढिलाइ भएको जिकिर गरेको छ।
क्याटेगोरी : विशेष
ट्याग : #पप्पु कन्स्ट्रक्सन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्