प्रचण्ड र गृहमन्त्री थापा तातोपानी कुण्डमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी आउनुभएको छ । पत्नी सीताको तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल आज यहाँ आउनुभएको हो ।
बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित दाहाल पत्नी दाहाललाई उपचार गराउन ल्याइएको छ ।
आज दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुग्नुभएको थियो । सो टोलीमा गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकला, अध्यक्ष दाहालकी छोरी गङ्गालगायत सहभागी छन् ।
प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर सीताको उपचार गराउन शुरु गरिएको छ । सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो । तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उहाँलाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिनुभयो ।
पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ । उहाँलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्थान गरी उपचार गराइने व्यवस्था मिलाइएको छ । अध्यक्षको कार्यकर्ता भेटघाट लगायतका कार्यक्रमसमेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिनुभयो ।
नेकपा अध्यक्ष दाहाल र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरुसमेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहनेछ । सो क्रममा तातोपानी कुण्ड व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्री दाहाल, गृहमन्त्री थापासहितको टोलीलाई स्वागत गरेका थिए । नेकपाका नेताहरुले समेत बेनीस्थित होटलमा अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई स्वागत गरेका छन् ।
क्याटेगोरी : विशेष
ट्याग : #], #तातोपानी कुण्डमा, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्