तारकेश्वरमा नागरिक सभालाई सघाउने वडा तहका उम्मेदवारहरुको प्रतिवद्धता

वैशाख २७ ।आसन्न स्थानीय चुनाबको प्रतिष्पर्धामा होमिएका तारकेश्वरका विभिन्न दलका उम्मेदवारहरुले नगरको समग्र विकास तथा लोकतन्त्रलाई मजबुत बनाउन नागरिक सभालाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नर्थ काठमाडौँ विकास अभियानले आयोजना गरेको जनअपेक्षाबारे दलहरुसँगको गोलमेच छलफलमा सहभागी दल तथा तीनका उम्मेदवारहरुले त्यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । यस्तो गोलमेच छलफल वडा नं ५, ६ र ७ मा सम्पन्न भएका हुन् । कार्यक्रममा चुनावी प्रतिष्पर्धामा रहेका सवै दलका वडाध्यक्ष तथा केही सदस्य उम्मेदवारहरु सहभागी भए । नमुनाका रुपमा यी वडाहरु चयन भएको नर्थ काठमाडौँले जनाएको छ ।
तानपा ७, फुटुगका माओवादी तथा गठबन्धनका उम्मेदवार जगन्नाथ राजवाहकले निर्वाचनमा जस्तो परिणाम आए पनि नागरिकको कुरा सुन्नु पर्ने आवश्यकता रहेको बताए । नागरिक सभाको अवधारणा अनुसार आफ्नो सोच पनि मिलेको उल्लेख गरे ।
सोही वडाका स्वतन्त्र उम्मेदवार इन्जिनियर रमेश केसीले आफू प्राविधिक भएको र राजनीतिक कुरा त्यति धेरै नआउने भएपनि सवैको सहभागिता हुने विकास नै मूल भएको बताए । काँग्रेसका वडा सदस्य उम्मेदवार दिनेश प्रधानले नागरिक सभाको आयोजनामा आफू र आफ्नो पाटीले सघाउने बताए ।
कार्यक्रममा सवै दलका उम्मेदवारहरुले आगामी पाँच वर्षमा गरिने आफ्ना विकास योजना सुनाएका थिए ।
नगरको विकासका योजना तर्जुमा तथा त्यसको प्राथमिकीकरणका लागि नागरिकको आवाज सुनुवाई गर्दै विपन्न, आवाजविहीन तथा काम गरि खाने वर्गको पक्ष तथा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चित हुने गरी चिठ्ठाको माध्यमबाट चुनिएर गठन भएको नागरिक सभाबाट चयन हुने सवाल तथा प्राथमिकताले बहुसंख्यक नगरबासीको भनाइको प्रतिविम्बित हुने नागरिक सभाको आयोजना गर्न लागेको नर्थ काठमाडौँ विकास अभियानका नागरिक सभाका संयोजक श्रीराम फुटुगेले जानकारी दिए । नागरिक सभा विकसित देशहरुले पनि आफ्नो लोकतन्त्रलाई मजवुत बनाउन जनताको अभिमत लिन अभ्यास गर्दै आएको हुँदा नेपालजस्तो ठाउँमा समावेशी लोकतन्त्रको विकासमा यो अवधरणाले स्थानीय तहलाई अझ बढी मदत पुग्ने उनको भनाइ थियो ।
सोमबार धर्मस्थलीमा आयोजित नागरिक सभामा एमालेका उम्मेदवार राजु तिमिल्सिनाले पनि नागरिक सभा नागरिकलाई अवसर दिने मञ्च बन्न सक्ने बताउँदै नागरिककै कुरा सुनेर दलहरु अगाडि बढ्नु पर्ने बताए । त्यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजबादीका उम्मेदवार तथा निवर्तमान वडाध्यक्ष मुधकार्कीले लोकतन्त्रलाई स्थानीयस्तरमा मजवुत र प्रभावकारी बनाउन नागरिक सभा जस्ता कार्यक्रमले मदत पुग्ने बताए ।
कार्यक्रममा नर्थ काठमाडौँ विकास अभियानका पूर्व अध्यक्ष सुनिल वस्नेतले सहभागी उम्मेदवारहरुलाई धन्यवाद ज्ञापन गर्दै सवै उम्मेदवारवारलाई घोषणापत्रहरुमा जे जस्तो कुराहरु आएपनि तिनलाई जनमुखी बनाउन अनुरोध गरे । जनताले अपनत्व ग्रहण गरेको विकासनै दिगो विकासको आधार भएको पनि उनले बताए ।
नर्थ काठमाडौ विकास अभियान स्थानीय युवा तथा अग्रजहरुको स्वयमसेवी अभियान हो । २०६८ सालदेखि सामुदायिक विकासमा टेवा पुर्याउँदै आएको सामाजिक संस्था नर्थ काठमाडौ विकास अभियानले जनमुखी विकास र सहभागितामूलक विधिको प्रवद्र्धनमा योगदान तथा सहकार्य गर्दै आएको छ । नागरिक सभाबारे सवै दलहरुको धारणा र बुझाई समान होस् भन्ने हेतुले यो गोलमेच छलफलको आयोजना गरिएको नर्थ काठमाडौँ विकास अभियानले जनाएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वरमा नागरिक सभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्