भरतपुर महानगरको प्रमुखमा ३० जनाले दिए उम्मेदवारी

चितवन । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ ।
कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार प्रमुखमा नेकपा (एमाले) का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र) का रेनु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रवीण काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुलाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी) बाट सूर्यप्रसाद रेग्मी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टीबाट सञ्जयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोला, सामाजिक एकता पार्टीबाट खेम प्रसाईँले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै स्वतन्त्रतर्फ जगन्नाथ पौडेल, रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल, रुद्रप्रसाद सापकोटा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, उद्धव अर्याल, कुलराज कँडेल, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी र दुर्गाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमाल गुरुङ, विवेकशील साझाबाट पुष्पा सापकोटा, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुष्मा तामाङ, राप्रपा नेपालबाट कल्पना थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्री रहेका छन् । यस्तै स्वतन्त्रबाट उपप्रमुखमा रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडाल रहेका छन् ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्