कसैको दबाब नपरी काम गर्न निर्वाचन आयोगलाई एमालेको आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ ।
एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले ‘मतपत्र डिजायन सम्बन्धमा’ निर्वाचन आयोगलाई पत्राचार गर्दै सो अनुरोध गर्नुभएको हो । भक्तपुरका चार पालिका र ६ महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेका उम्मेदवारबाहेक अन्यको निर्वाचन चिह्न हटाइ मत्रपत्र छपाई हुने भनी शनिबार केही सञ्चारमाध्यममा प्रकाशित प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।
निर्वाचन आयोगलाई गरिएको पत्राचारमा भनिएको छ, “स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाब र प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउनुहुन अनुरोध गर्दछौँ ।”
“निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नुहुँदैन र मतपत्रको डिजायन परिवर्तन गर्ने जस्ता काम निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौँ”, पत्रमा उल्लेख छ ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्