एमालेले टुङ्ग्यायो महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार
भक्तपुर । नेकपा (एमाले) ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डङ्गोल, ललितपुरमा प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पोखरा प्रमुखमा दीपक पौडेल, उपप्रमुखमा मञ्जुदेवी गुरुङ, भरतपुरको प्रमुखमा विजय सुवेदी, वीरगञ्जमा प्रमुख विजय सरावगीलाई उम्मेदवार बनाउने गरी निर्णय गरेको छ ।
भरतपुरको उपप्रमुख, वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्याउन बाँकी राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए । केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरू जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ ।
उपमहानगरपालिकातर्फ धनगढीको प्रमुखमा रणवहादुर चन्द, उपप्रमुखमा चन्द्रकला राना थारू, नेपालगञ्जको प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुरको प्रमुखमा टीकाराम खडका, उपप्रमुखमा सानी चौधरी, घोराहीको प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा मनकुमारी डिसी, बुटवलको प्रमुखमा बाबुराम भट्टराई, उप्रमुखमा सावित्रादेवी अर्याल, हेटौँडाको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्ले, धरानको प्रमुखमा मन्जु काफ्ले भण्डारी, उपप्रमुखमा पदम लिम्बू, इटहरीको प्रमुखमा यामकुमार सुब्बा, उपप्रमुखमा सङ्गीता चौधरी, कलैयाको प्रमुखमा विनोद शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुवै बाँकी छ । यसैगरी कलैयाको उपप्रमुख र जितपुर सिमराको प्रमुख तथा उपप्रमुखको नाम टुङ्ग्याउन बाँकी राखेको छ । बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्